नेभिगेशन
नेपाल प्रहरी

ठुलो परिमाणको प्रतिवन्धित औषधिसहित दुई जना पक्राउ

काठमाडौं जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ठुलो परिमाणमा प्रतिवन्धित औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पश्चिम नवलपरासी प्रहरीका अनुसार  सुनवल नगरपालिका-२ बाट चेकजाँचका क्रममा सोही स्थानकै १५ वर्षीय बालक र अर्का २० वर्षीय युवक भुवननाथ कुर्मी प्रतिवन्धित औषधिसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट ५३ सय १० ट्याब्लेट नाइट्रोभेट, २ सय ५६ क्यासुल स्पास्मो १ सय ९० एम्पुल डाइजेपाम, १ सय ९० एम्पुल ब्रुपोनोरफिम र १  सय ८९ एम्पुल फेनारगन बरामद गरेको जानकारी दिएको छ।

नवलपरासी पश्चिम प्रहरीले पक्राउ दुबै जनालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गर्व्को जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्