नेभिगेशन
सुरक्षा अपडेट

६ जना मृत फेला पर्दा ४ जनाको दुर्घटनामा मृत्यु

काठमाडौं दाङको गढवासहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । दाङको गढवा गाउँपालिका-६ मा पानीको कल्भर्टमा एक महिला मृत फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृतक सोही वडाकै ६५ वर्षीया ढोढी कुमाल रहेकी छिन् । उनलाई आइतबार मृत फेला पारिएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ। 

विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् ।  सुनसरीको रामधुनी नगरपालिका–७ स्थित लटर होली तालमा सोही ठाउँ बस्ने ७२ वर्षीय भद्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, अर्घाखाँचीको शितगंगा नगरपालिका-३ ठाडा डेरा गरी बस्ने कपिलवस्तु नगरपालिका-७ हरीपुर घर भएका ३३ वर्षीय गणेश सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेको अर्घाखाँची प्रहरीले जनाएको छ। उनी आज मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उता प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका-१७ मा पर्ने खेतमा पहिचान नखुलेका अन्दाजी २५ वर्षीय युवक मृत फेला परेको जनाएको छ।  आइतबार मृत फेला परेका री युवकको अझै पहिचान नखुलेको पर्सा प्रहरीले जानकारी दिएको छ।

त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिका-४ बस्ने ३५ वर्षीय ओम्बा छिरीङ शेर्पा आज मृत फेला परेको दोलखा प्रहरीले जानकारी दिएको छ। ओम्बा आज गौरीशंकर गाउँपालिका–४ किस्पानस्थित सडक नजिकै मृत  फेला परेका थिए।

यता, प्रहरीले धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका-१६ महुवास्थित महुवा महादेव मन्दिर नजिकै बाटोमा  ७० वर्षीय नरेश यादव मृत फेला परेको जनाएको छ। उनी सोही स्थानकै वासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा जनाको मृत्यु

प्रहरीले ४ जिल्लामा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको जनाएको छ। प्रहरीका अनुसार प्युठान, रुपन्देही, बारा र मकवानपुरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

प्युठानस्थित प्युठान नगरपालिका-७ टिकुरी बसपार्कस्थित सडकमा लु.९१ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मल्लरानी गाउँपालिका-४ बासखोला बस्ने ७८ वर्षीय रामचन्द्र शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी,रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-८ मा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७ प ४०६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतको महारागंज ठुटेबारीका ३२ वर्षीय चालक जितेन्द्र बासफोरको मृत्यु भएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ।

उता मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चाक्ले बगरस्थित सडकमा सुपप्र ०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा बोलेरोमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा कैलाश गाउँपालिका-३ बस्ने ५६ वर्षीय शन्तबहादुर गोम्बा रहेका छन् ।

त्यस्तै उता बारामा पनि दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्लास्थित निजगढ नगरपालिका-९ बकैयास्थित सडकमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको  बारा प्रहरीले जनाएको छ।

सम्बन्धित घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्