नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा ब्राउन सुगरसहित श्रीमान् श्रीमती पक्राउ

बर्दिया। बर्दियाबाट प्रहरीले ब्राउन सुगरसहित श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी बर्दिया र प्रहरी चौकी कालिकाबाट गएको टोलीले १ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट श्रीमान् श्रीमतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँकेक्क खजुरा गाउँपालिका-४ ई गाउँ बस्ने २५ वर्षीय निल कमल बड र उनकै श्रीमती २१ वर्षीया दिपिका बोहरा रहेका छन् । 

पक्राउ परेका उनीहरु दुबैजनालाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्