नेभिगेशन
भ्रष्टाचार

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- गिरीबन्धु प्रकरणको पर्दाफास गर्छुगर्छु

झापा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-स्टेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले बदमासी गरेको आरोप लगाउँदै बदमासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा आज नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।

उनले ओलीमाथि आफूले गिरीबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए । उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।

उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु । म भन्न चाहन्छु, उनको दिमागमा जालझेल बाहेक अरू भएको देखिँदैन । उनले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरीबन्धु टि-स्टेटमा उनले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु । गिरीबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरीबन्धुतिर जाँदै थियो । गिरीबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतङ्क भएको हो । मैले सदनमा पनि भनेको छु, तपाईँहरूको अगाडि पनि भन्न चाहन्छु, चुनौतीका साथ कुनै पनि हालतमा नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न दिइने छैन । त्यसलाई हर हालतमा बचाइनेछ । र संविधान संशोधन जनताको अधिकार थप्नका लागि आदिवासी जनजातिलाई अझ अधिकार सम्पन्न बनाउनको लागि, महिलालाई अझ विशेष अधिकार दिलाउन, मधेसी, सबै सबै आदिवासी जनजातिलाई पनि अधिकार थप्नका लागि संविधान संशोधन हुन्छ । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई नै छ । किनकि संविधान सभामा माओवादी केन्द्रले नै भिन्न मत राखेको छ ।’

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्