नेभिगेशन
सुरक्षा अपडेट

उखु बोकेको ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं  उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका-९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा-५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्