नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

धनकुटा। प्रहरीले धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीले बलात्कार आरोपमा जिल्लास्थित चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान  पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लिम्बुले ती बालिकालाई ललाईफकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको  उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्