नेभिगेशन
सशस्त्र प्रहरी

भुजेलाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो २५ लाखको अवैध सामाग्री

काठमाडौं सशस्त्र प्रहरीले  कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेलाबाट  २५ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

विशेष सूचना पाएर आज सशस्त्र प्रहरी बल नं. ३५ गण कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्दको कमान्डको टोली र सशस्त्र प्रहरी बेश मझगाउँका प्रमुख डीएसपी दीपेन्द्र कुमार पाण्डेको संयुक्त टोलीले भारतबाट अवैध रुपले ल्याई वेवारिसे अवस्थामा राखिएको  २५ लाख रुपैयाँ बराबरजो  मोटरपार्ट्स, लत्ताकपडा र जुत्ताचप्पल बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको सबै अवैध सामाग्रीलाई आजै आबश्यक कारबाहीका लागि भन्सार कार्यालय  गड्डाचौकी बुझाइएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्