नेभिगेशन
नेपाल प्रहरी

रौतहट प्रहरीले बरामद गर्‍यो २४ लाख बढीको भन्सार छलीको अवैध सामान

गौर भारतबाट नेपाल भित्र्याइएको २४ लाख रुपैयाँ बढीको अवैध सामान रौतहट प्रहरीले बरामद गरेको छ।

रौतहट प्रहरीबाट खटिएका विभिन्न टोलीले जिल्लाका विभिन्न सीमा नाकाबाट असार १ गतेदेखि असार १५ गतेसम्ममा २४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

त्यस अवधिमा रौतहट प्रहरीले ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरका लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, ६ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको औषधि, साढे ८ लाख रुपैयाँ बराबरको सुपारी तथा सवारीसाधन गरि २४ लाख ६० हजार ३०९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको रौतहट प्रहरीले जनाएको छ।

रौतहट प्रहरीले बरामद गरेका अवैध सामानलाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्