नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध मुद्दामा जेल सजाय पाएकी फरार महिला पक्राउ

तनहुँ प्रहरीले लागुऔषध मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले फरार रहेकी ब्यास नगरपालिका-४ की ३८ वर्षीया साइदा सनालाई पक्राउ गरेको हो।

सनालाई ब्यासबाटै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको तनहुँ प्रहरी जनाएको छ।

लागुऔषध मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत तनहुँले सनालाई २०८० चैत ७ गते १ महिना २६ दिन जेल सजायको फैसला गरेयता उनी फरार रहेकी थिइन्।

प्रहरीले पक्राउ गरेर सनालाई जेल सजाय भुक्तानका लागि तनहुँ कारागार पठाएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्