नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिका र १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

काठमाडौं प्रहरीले १८ वर्षीया किशोरीलाई बलात्कार  गरेको आरोपमा झापाबाट एक जना भारतीय युवकलाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा मंगलबार दिउँसो झापा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका कुमारले ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको भन्दै परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी प्रहरीले तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कार  गरेको अभियोगमा भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले  गरेको छ ।

निर्मलले ती बालिकालाई सोमबार राति बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्