नेभिगेशन
सुरक्षा अपडेट

परीक्षा बिग्रेपछि जङ्गलमा गएर ३ जना छात्राले सँगै विष खाए,एक छात्राको मृत्यु

दुई जनाको उपचार हुँदै

महोत्तरी महोत्तरीमा विष खाएको गरेको अवस्थामा ३ जना छात्रा अचेत अवस्थामा जङ्गलमा फेला परेका छन्।अचेत फेला परेकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको बर्दिबासस्थित माइस्थान जङ्गलमा सिराहाको धनगढी नगरपालिका-१० घर भएकी १६ वर्षीय रिंकु शर्मा, महोत्तरीको मनरासिसुवा नगरपालिका-२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नगरपालिका-११ की  १९ वर्षीय सञ्जु यादव विष खाएको अवस्थामा अचेत फेला परेका थिए । स्थानीयले उनीहरुलाई अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार अचेत अवस्थामा फेला परेकी १६ वर्षीय रिंकु शर्माको मृत्यु भइसकेको छ भने उषा र सञ्जुको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ। हाल उनीहरुको स्वास्थ्य अवस्थामा सुधार हुँदै गइरहेको प्रहरीले जानकारी दिएको छ।

बरिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी रहेका उनीहरुले परीक्षा बिग्रेको कारण जङ्गलमा गएर एक साथ विष खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार पुस १५ गते बिदाको दिनमा उनीहरु तीनै जना जङ्गलमा गएर बीस खाएका  थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्