काठमाडौं । सामाजिक सञ्जालबाट अनलाइन जागिरका लागि विभिन्न लिंक पठाएर ठगीका घटनाहरु धेरै बढिरहेको हुँदा सबैलाई सचेत हुन नेपाल प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ।
आज साइबर ब्युरोले सूचना जारी गर्दै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्टर, भाइबरलगायतबाट अनलाइन जागिरको नाममा विज्ञापन गरिएका लिंकहरु पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको पाइएकाले सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको हो ।
ब्युरोले यसका साथै खल्ती, इसेवा जस्ता विभिन्न वालेट तथा बैंकरवित्तीय संस्थाहरूबाट बोलेको भनेर ओपीटी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको हुँदा त्यसताको पछि नपर्न आग्रह गरेको हो।
ब्युरोले त्यस्ता गलत कुरा नलाग्न र विश्वास नगर्न आम जनमानसमा आग्रह गर्दै आ-आफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित तबरले प्रयोग गर्न सचेत गराएको छ ।
ठगी गर्ने त्यस्ता खालका व्यक्ति पहिचान भए तुरुन्त प्रहरीलाई खबर गर्न समेत ब्युरोले सचेत गराएको छ।