नेभिगेशन
नेपाल प्रहरी

डीआईजी कडायत र केसी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं ।नेपाल प्रहरी दुई जना प्रहरी नायब महानिरीक्षक ( डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

डीआईजी कुबेर कडायत र रवीन्द्र केसीलाई सरकारले एआईजी बढुवाका लागि सिफारिस गरेको हो। रिक्त दुई एआईजी पदका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

एआईजी किरण बज्राचार्य र भरत बहादुर बोहरा अवकाश गएसँगै दुई एआईजीको दरबन्दी रिक्त रहेको थियो।  

चार जना डीआईजीहरु एआईजी बढुवा प्रतिस्पर्धामा रहेपनि सरकारले कडायत र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्