नेभिगेशन
नेपाल प्रहरी

आधा क्विन्टल गाँजा लोडेड पिकअप भ्यानसहित तीन जना पक्राउ

सुनसरी। प्रहरीले धरानबाट गाँजा लोड गरेको पिकअप भ्यानसहित तीन जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका-२० खैरे खोलाबाट  ५६ किलो ४ सय ५ ग्राम गाँजा  सहित धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदिप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

सुनसरी प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३१५८ नम्बरको पिकअपबाट ४ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो । 

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्