नेभिगेशन
नेपाल प्रहरी

डाँका र बलात्कार मुद्दामा ११ वर्ष जेल सजाय पाएका मल्ल पक्राउ

कपिलवस्तु कपिलवस्तु प्रहरीले डाँका र बलात्कार मुद्दामा ११ वर्ष जेल सजाय पाएर फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कपिलवस्तुले लामो समयसम्म फरार रहेका कपिलवस्तुस्थित बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ललाई लुकिछिपी बसेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला अदालत कपिलवस्तुले मल्ललाई डाँका र बलात्कार मुद्दामा दोषी ठहर गर्दै २०७५ फागुन १५ गते ११ वर्ष जेल सजायको फैसला गरेको थियो। त्यसपछि मल्ल फरार थिए।

फरार मल्ल लुकिछिपी बसेको सूचना पाए लगत्तै गएको कपिलवस्तु प्रहरीको टोलीले उनलाई पक्राउ गरेर जेल सजाय भुक्तानका लागि जिल्ला अदालत उपस्थित गराएर जेल पठाइएको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्