नेभिगेशन
सुरक्षा अपडेट

बझाङ जीप दुर्घटनामा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

काठमाडौं । बझाङमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका ३ जनासहित अर्का एक जना जीप चालक रहेको बझाङ प्रहरीले जानकारी दिएको छ।

गए राति जिल्लास्थित तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु बाटोमा भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार केदारस्यूँ गाउँपालिका-१ रायलका ३३ वर्षीय चालक शमशेर मल्ल, तलकोट गाउँपालिका-४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएकी  धामीकै ६ वर्षीया नातिनी  आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्