नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके बाँकेको नेपालगन्जबाट प्रहरी ब्राउन सुगरसहोत दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज-१८ कारकाँदोबाट ४ ग्राम ब्राउन सुगर सहित जुम्ला चन्दननाथ नगरपालिका-९ का २२ वर्षीय केशव गिरी र बाँकेको जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय मुराद खाँलाई पक्राउ गरेको हो।

विशेष सूचना पाएर गएको टोलीले उनीहरुलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थओ अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्