नेभिगेशन
नेपाल प्रहरी

अवैध असुलीको आरोप लागेका धामपुरका सई कोहलपुर तानिए, नयाँ इन्चार्ज पठाइए

सबै प्रहरी परिवर्तन

बाँके बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीका इन्चार्ज इलाका प्रहरी कार्यालय कोहलपुरमा  तानिएका छन् । विभिन्न विवादमा मुछिएपछि त्यहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर अर्का नयाँ इन्चार्ज पठाइएको छ।

अवैध उत्खनन गर्ने गिरोहसँग साँठगाँठ असुली धन्दा गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी बाँकेले सई थापालाई तान्दै कोहलपुर पठाएर अर्का सई बल बहादुर घर्तीलाई धामपुर प्रहरीको इन्चार्ज बनाएर पठाएको छ।

स्थानीयदेखि जनप्रतिनिधिले समेतले अवैध उत्खननमा सई थापाको राम्रो मिलेमतो रहेको रहेको जनगुनासो आएपछि समाचार प्रकाशीत भएको थियो। जिल्ला प्रहरी बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की याक्सनमा आउँदै सई थापाको स्थानमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट घर्तीलाई आज धामपुर पठाएका हुन् ।

इलाका प्रहरी कार्यालय धामपुरमा सई थापासहित त्यहा  रहेकामध्ये ७-८ अरु प्रहरी कर्मचारीहरु पनि तानिएका छन्। उनीहरुको स्थानमा नयाँ प्रहरी कर्मचारीलाई पठाइएको छ।

रातिराति राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग विवादित सई थापाले राम्रो मिलेमतोका कारण  अवैध असुली गर्दै आएको र मेलाका बारेमा समेत विवादित बनेको भनेर जनप्रतिनिधिहरुले समेत आक्रोश पोख्दै आएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले नयाँ इन्चार्ज पठाएपछि राप्ती सोनारी-४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष

)ले लेखेका छन् -"इलाका प्रहरी कार्यालय  धामपुरको इन्चार्ज बल बहादुर घर्तीमगरलाई स्वागत छ।कार्यकाल निष्पक्ष र सुशासन सहितको होस्, शुभकामना छ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्