नेभिगेशन
नेपाल प्रहरी

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक पक्राउ

रूकुम पूर्व। ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले बलात्कारको आरोपमा जिल्लास्थित भुमे गाउँपालिका-७ लाभाङका २९ वर्षीय सुर्जे रोका मगरलाई आज बिहान प्रहरीले पक्राउ गरेको रुकुम पूर्व प्रहरीले जानकारी दिएको छ।

मगरले ती महिलालाई गत आइतबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्