नेभिगेशन
सुरक्षा विशेष

'सीडीओ जिल्लाको १ नम्बर वरीयताक्रममा हुनुपर्छ'

काठमाडौं  केही समयअघि जिल्लाको राजा भनेर भनिने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हाल स्थानीय तह सरकार प्रमुख भन्दा तल्लो वरीयताक्रममा रहदै आएका छन् ।

पहिला जिल्लामा १ नम्बर को वरीयतामा हुने सीडीओको वरीयताक्रम अब जिल्लामा सबैभन्दा माथि राख्नुपर्ने लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले प्रस्ताव गरेका छन् ।

आजको राज्य व्यवस्था सुशासन समितिको बैठकमा अध्यक्ष रेग्मीले सीडीओ वरीयताक्रम जिल्लामा सबैभन्दा माथि १ नम्बरमा हुनुपर्ने बताएका हुन् ।

रेग्मीले भने- 'हाल मर्यादामा सीडीओ भन्दा स्थानीय तह प्रमुख छन् । सीडीओ मालपोत कार्यालय प्रमुख नभएर जिल्लाको प्रजिअ हो, सरकारले पठाएको जिल्लाको प्रमुख प्रतिनिधि हुँदा सीडीओको वरीयताक्रम जिल्लामा १ नम्बरमा हुनुपर्छ ।'

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्