नेभिगेशन
भ्रष्टाचार

घुस लिएको खुलेपछि बर्खास्त भए लेखा समिति सभापतिका स्वकीय सचिव

काठमाडौँ आर्थिक अनियमिततामा मुछिएका स्वकीय सचिवलाई लेखा समितिका सभापतिले निष्काशन गरेका छन् ।

मेडिकल अध्ययन मामिलामा रकम (घुस) लिएको खुलेपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काशन गरेको हुन्।

एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकीय सचिव अनिलले रकम लिएको सार्वजनिक भएर अदालतमासमेत मुद्दा परेपछि मात्र उनलाई निष्काशन गरिएको हो ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा  परमादेश दिएको थियो । 

उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्