नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ, एक जना फरार

दाङ तुलसीपुर प्रहरीले १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।ती बालिकामाथि सामूहिक बलात्कार भएको १ हप्तापछि मात्रै प्रहरीले घटनाबारे सार्वजनिक गरेको थियो।

तुलसीपुर प्रहरीका अनुसार ती बालिकालाई ललाईफकाई तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँ फूटबल मैदानको अगाडि जंगलमा एक युवकले पुस १३ गते पु¥याएका थिए ।

त्यहाँ प्रेमीको साथमा पुगेकी भनिएकी ती बालिकालाई थप तीन जना ब्यक्तिले चारेतिरबाट घेरा हालेर नियन्त्रणमा लिएका थिए । उनीहरुले ती बालिका संगै गएका ब्यक्तिलाई बाँधेका थिए ।

त्यसपछि ती बालिकालाई केही पर जंगलमा लगेर दुई जनाले पालैपालो बलात्कार गरेका थिए । बलात्कारमा दुई जनाले सघाएको प्रहरीले बताएको छ । बलात्कारमा संलग्न मध्य एक जना भने अझैं फरार छन् । तीन जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्