नेभिगेशन
नेपाल प्रहरी

झण्डै ६ किलो चरेशसहित दुई महिला पक्राउ

काठमाडौं प्रहरीले झण्डै ६ किलो चरेशसहित दुई जना महिलालाई पक्राउ गरेको छ। 

गोप्य सूचनाका आधारमा  रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले ५ किलो ८ सय ग्राम   चरेशसहित भूमेगाउँपालिका-७ गुनामबाट ४० बर्षीया रुजु बुढा मगर र ५० बर्षीया जसमाया बुढा मगरलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई शनिबार दिउँसो जिल्लाको गुनामबाट चरेशसहित पक्राउ गरेको जनाएको छ।

रुकुम पूर्व प्रहरीले पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्