नेभिगेशन
सुरक्षा अपडेट

१४ वर्षको जेल सजाय काटिरहेका कैदीको मृत्यु

विराटनगर हाडनाता करणी मुद्दामा जेल सजाय काटिरहेका कैदीको मृत्यु भएको छ। मोरङ जेलमा १४ वर्षको सजाय भुक्तान गर्दै आएका बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको मोरङ कारागार कार्यालयले जानकारी दिएको छ।

हाडनाता करणी मुद्दामा वि.सं.  २०७३ जेठदेखि १४ वर्षको जेल सजाय काटिरहेका अम्मरबहादुरलाई शनिबार श्वासप्रश्वासमा समस्या भएपछि कोशी प्रदेश अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएर तुरुन्तै अस्पताल पुर्याइएका अम्मरबहादुरलाई बचाउन नसकिएको मोरङ कारागारले जानकारी दिएको छ। लामो समयदेखि अम्मरबहादुर सोही समस्याको उपचार गराउदै आएका थिए।

कारागार प्रशासनले अम्मरबहादुरको परिवारलाई शव बुझाएको छ भने उनको मृत्यु बारे जिल्ला अदालत मोरङलाई जानकारी गराएको कारागार कार्यालयले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्