नेभिगेशन
नेपाल प्रहरी

भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका बाँकेको बैजनाथका दुई युवक बर्दियाबाट पक्राउ

बर्दिया। जिल्ला प्रहरी बर्दियाले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लास्थित बढैयाताल गाउँपालिका-७ बाट १ ग्राम ९८० मिलिग्राम  ब्राउनसुगर सहित बर्दिया प्रहरीले बाँकेका दुई युवकलाई पक्राउ गरेको जनाएको च।

ब्राउन सुगरसहित शनिबार दिउँसो पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका-३ गाभरका १९ वर्षीय सन्देश शाही र सोही गाउँपालिकाको वडा  नम्बर ३  पितमारी बस्ने २२ वर्षीय प्रकाश बिक रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेक जाँच गर्ने क्रममा ब्राउन सुगरसहित कालिका प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

बर्दिया प्रहरीले उनीहरुसँ लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्