नेभिगेशन
विपद घटना

दाङको दंगीशरणमा प्रहरीले दियो विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण

दंगीशरण,दाङ लुम्बिनी प्रदेश प्रहरी विपद् ब्यबस्थापन गुल्म तुलसीपुरको आयोजनामा विपद् ब्यबस्थापन सम्बन्धी जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको छ।

दंगीशरण गाउँपालिकास्थित बिरेन्द्र नमुना माध्यामिक विद्यालय हेकुलीमामा आयोजित विपद् व्यवस्थापन बारेको जनचेतनामूलक अभिमुखिकरणमा दैनिक जिवनमा पर्ने विपद्को समाधान,जोखिम कम गरी विपदबाट हुन सक्ने धनजनको क्षेति कमका समाधानका उपाय बारे जानकारी गराइएको थियो।

पछिल्लो समय आगलागीबाट धनजनको क्षेति हुने गरेको र त्यस्तो विपद् आइपरे आगलागेर नियन्त्रण तथा धनजनको क्षेतिबाट कसरी जोगिने भनेर  डेमो समेत प्रदर्शन गरिएको विपद् ब्यबस्थापन गुल्म तुलसीपुरका प्रहरी नायब निरीक्षक बिष्णु न्यौपानेले जानकारी दिए ।

जनचेतनामूलक अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विपद सम्बन्धी  कार्यक्रमले बालबालिकामा विपद समाधान गर्न धेरै शिप हासिल गरेको र कार्यक्रम फलदायी रहेको बताए । अध्यक्ष गिरीले आफूहरुले गाउँपालिकाका ७ वटै वडामा विपद्  ब्यबस्थापन समिति गठन गरेको र गाउँपालिकामा समेत विपद ब्यबस्थापन शाखा मार्फत काम गरिरहेको बताए । 

गाउँपालिकाभित्र कहिँकतै विपद आइपरे वडा हुदै गाउँपालिकासम्म सिधै सम्पर्क गर्न अध्यक्ष गिरीले आग्रह गरेका छन् ।

विपद् ब्यबस्थापन गुल्म तुलसीपुरका प्रमुख सरस्वती अधिकारीले विपद् बाजा बजाएर नआउने भएकाले विपदवारे पुर्वतयारी तथा विपदको समाधानका लागि प्राथमिक ज्ञान हुन जरुरी रहेको बताइन्।

अभिमुखिकरण कार्यक्रममा विपद् ब्यबस्थापन गुल्मको तालिम प्राप्त टोलेले बिपदका समाधानवारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यालयका उल्लेख्य विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्