नेभिगेशन
अदालत

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनाविरुद्ध मुद्दा  दर्ता, रविसँग मात्रै ५ करोड माग दाबी

काठमाडौँ । जिल्ला अदालत कास्कीपछि रवि लामिछानेसहितको अर्को सहकारी ठगी प्रकरणको मुद्दा  काठमाडौं अदालतमा पनि पुगेको छ।काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालत पुगेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । ३९ जनामध्येका एक पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मात्रै ५ करोड रुपैयाँ ठगेको प्रहरीको निष्कर्ष छ । 

काठमाडौँ प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालयमा बुझाएको थियो। अध्ययन गरी जिल्ला अदालतमा दर्ता गर्न समय लागेकाले आइतबारमात्र दर्ता भएको हो । 

यो प्रकरणमा रविसँगै गितेन्द्र बाबु (जीबी) तथा पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्धा लगाइएको छ । 

जसमा रवि लामिछानेले मात्रै पाँच करोड रुपैयाँ भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको छ । रविले ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्