नेभिगेशन
नेपाल प्रहरी

५ महिनाको प्रहरी कारबाहीमा २ अर्ब २४ करोड बढी राजस्व संकलन, सबैभन्दा बढी अवैध सामाग्रीबाट

काठमाडौं नेपाल प्रहरीले गरेको विभिन्न कारबाहीमा २ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। देशका विभिन्न स्थानमा गरेको कारबाहीमा आर्थिक वर्ष २०८९-०८२ को ५ महिनासम्म २ अर्ब २४ करोड राजस्व उठाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले सबैभन्दा बढी अवैध सामाग्री बरामदबाट मात्रै ९० करोड ५७ लाख ९४० रुपैयाँ राजस्व संकलन गरेको हो। त्यसैगरी ट्राफिक कारबाहीतर्फ ५२ करोड ७ लाख रुपैयाँ, अदालतको फैसला कार्यान्वयनबाट ४२ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै मंसिरसम्म सुन तथा गरगहना बरामदतर्फ २६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गर्दा बरामद गरिएको विभिन्न मुद्रातर्फ ४ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले उक्त समय गरेको विभिन्न १० किसिमका कारबाहीमा माथि उल्लेखित राजस्व लगायत श्रोत नखुलेको रकमतर्फ २ करोड ९० लाख, हुण्डीबाट १ करोड ८३ लाख, विभिन्न किसिमका अवैध काठ बरामदतर्फ १ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी, प्रहरीले पशुपन्छीतर्फ १ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गर्दा अवैध उत्खननतर्फ ९२ लाख रुपैयाँ बढी राजस्व उठाएको हो।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्