नेभिगेशन
नेपाल प्रहरी

६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ६० किलो सुन तस्करी प्रकरणमा २० जनालाई पक्राउ गर्दै दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सीआईबीले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाउँँदै २० जनालाई पक्राउ गरेको सीआईबी उच्च श्रोतले जानकारी दिएको छ।

सीआईबी श्रोतका अनुसार उक्त ६० किलो। सुन तस्करी प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाएकोमा अझै २६ जना फरार रहेका छन् ।

सुन तस्करी प्रकरणमा सीआईबीले पक्राउ परेकाहरुविरुद्ध संंगठित अपराध, अवैध सुन तस्करी लगायतका सजायको माग गर्दै २० जनाबाट २ खर्ब ६६ अर्ब ६७ करोड९ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्