नेभिगेशन
नेपाल प्रहरी

विदेशबाट सेनिटरी प्याडमा तस्करी गरेर ल्याइएको आधा किलो सुन लुट्ने महिलासहित ३ जना पक्राउ

काठमाडौं विदेशबाट अवैध तस्करी गरेर ल्याइएको झण्डै आधा किलो सुन लुटिएको घटना बाहिरीएपछि लूटपाटमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुस १४ गते आइतबार दिउँसो साढे २ बजे फलाइ दुबईबाट नेपाल अवतरण भएकी एक महिलाले सेनिटरी प्याडमा लुकाएर अवैध तस्करी गरेर ल्याएको ४३६.०१० ग्राम सुन लुट्ने गिरोहका ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको हो।

ती महिलाले ल्याएको उक्त सुन केही व्यक्तिको समूहले लुटेर लगेको जानकारी आए लगत्तै अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले खोजतलास गर्दै जादा विभिन्न स्थानमा रहेको डेराबाट लुटिएको उक्त सुन, ३ थान मोबाइल र एक थान मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या  गाउँपालिका-१ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-१ झोर  बस्ने २६ वर्षीय  सुजन नेपाली, सिन्धुपाल्चोकक्क चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३२ वर्षीया महिला अनिता तामाङ भनेर चिनिने मिनसाङ लामा तामाङ  र काभ्रेपलाञ्चोकस्थित  तेमाल गाउँपालिका-१  घर भई हाल काठमाडौं-६ बस्दै आएका २२ वर्षीय लाल बहादुर तामाङ रहेका छन् । उनीहरुले आफू हरु सादा पोशाकका प्रहरी हौं भन्दै उक्त सुन लूटेर लिएका थिए।

पुस १९ गते पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको एसपी आचार्यले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्