तुलसीपुर। सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायहरु संवेदनशील र जिम्मेवार भएर लाग्नु पर्ने लुुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले विभिन्न सरोकार निकायसंगको सहकार्यमा तुलसीपुरमा आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा हाम्रो चासो विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री न्यौपानले यस्तो बताएका हुन् ।
‘केहि समय पहिले विश्वस्वास्थ्य संगठनले पनि सडक सुरक्षामा नेपाल उच्च जोखिममा रहेको भनेको छ अव सडक सुरक्षाका विषयमा सवै जिम्मेवार र संवेदनशील हुनुपर्छ – मन्त्री न्यौपानेले भने ।’
उनले कुलग्राथ उत्पादनको ३ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुपाउने गरेका भन्दै नेपालमा पछिल्लो १० बर्षमा २५ प्रतिसतले दुर्घटना बढेको तथ्याङले देखाएको बताए ।उनले सवै भन्दा बढी सवारी साधन भएको छिमेकी जिल्ला भारत र चिनमा सवारी दुर्घटनाको दर घटेको र नेपालमा बढेको अवस्थमा त्यसलाई न्यूनिकरण गर्ने दायित्व सवैको भएको बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफुहरुको सुरक्षा रणनिति तयार गर्ने काम भएको भन्दै विपद् जोखिम अन्तर्गत सडक सुरक्षा पनि भएको बताए ।
प्रजिअ लम्सालले जिर्ण सडकको मर्मत र सडकमा पहिरो हटाउने लगायत विकास व्यवस्थापनमा सहजिकरण गरि रहेको बताए । उनले विभिन्न कारणले पछिल्लो समयमा दुर्घटना बढेको भन्दै मापासे लामासे लगायत विभिन्न कारणले दुर्घटना बढेको भन्दै त्यसका लागि सचेतना आवश्यक भएको बताए ।
सवै पक्ष जिम्मेवार भएमात्र दुर्घटना न्यूनिकरण हुने भन्दै पत्रकारहरुले पनि सचेतना कार्यक्रमहरुलाई बढाउनु पर्ने उनले बताए । प्रजिअ लम्सालले दाङमा बैदेशिक रोजगारीमा ठगि, मिटर व्याज, जग्गा अतिक्रमण विकास आयोजनामा सुस्तता मापासे, लापासे लगायतका सुरक्षा चुनौतिहरु रहेको बताए ।
उनले यसको विषयमा विद्यालय स्तरमै पाठ्यक्रम निर्माण गरि विद्यार्थीलाई सचेताना दिनुपर्ने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सवैले नकारात्मक कुरा र काम गर्ने प्रवृतिको अत्य गरि सकारात्मक कुरामा लाग्न पर्ने बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि आफुरुले विभिन्न अभियान थालेको समेत बताइन् । उनले ट्राफिक व्यवस्थापन चुनौतिको विषय रहेको भन्दै आफुहरुले विभिन्न सचेतना कार्यक्रम गदै आएको बताइन् ।
‘दुर्घटना न्यूनिकरणका लागि सचेतना प्रमुख आवश्यकता हो शिक्षामार्फत यसलाई न्यूनिकरण गर्नु पर्छ –उनले भनिन् ।
त्यस्तै नागरिक अगुवा वरिष्ठ पत्रकार टिकाराम रेग्मीले दुर्घटना न्यूनिकरण गर्ने सवैको दायित्व भएको भन्दै अधिकार संगै सवैले कर्तव्यलाई ख्याल गर्नु पर्ने बताए ।
त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाहले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई मात्र दुर्घटना कस्तो हुन्छ भन्ने पीडा हुने भन्दै दुर्घटनाको न्यूनिकरणमा सवै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । उनले दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको समेत बताइन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी आ-आफ्नो जिम्मेवारी बहन नगर्दा दुर्घटना बढीरहेको सबै स्थानीय तहले आफ्नो क्षेत्रधिकार भित्र पर्ने सडकहरुको अध्ययन गरि मर्मत सम्भारमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल पत्रकार महासघ दाङका निबर्तमान अध्यक्ष दुर्गालाल केसी दाङमा नियमित रूपमा दुर्घटना मानबिय र भौतिक क्षति भइरहेको सडकलाई नियमित मर्मत सम्भार आबस्यक छ यसतर्फ गम्भीर हुनुपर्ने बताए।
रासस दाङ प्रमुख नारायणी रजौरे दिनहुँ जिल्लामा हुने सवारी दुर्घटनाका घटनाहरु रोक्न सबैले हातेमालो जरुरी रहेको बताइन् । त्यस्तै जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख राजेश साही विभिन्न कारणले दुर्घटना हुने गरेको बताएका थिए।