नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको प्राविधिक इन्स्पेक्टरतर्फको विशेष स्वास्थ्य परीक्षण परीक्षाबारे सूचना...

काठमाडौं सशस्त्र प्रहरी बलले प्राविधिक उपसमूह अन्तर्गतको सशस्त्र  प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको विशेष स्वास्थ परीक्षण परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरीले मेकानिकल,अटोमोबाईल ईन्जिनियर, सिभिल ईन्जिनियर र ईलेक्ट्रोनिक्स एण्ड टेलिकम्यूनिकेसन ईन्जिनियर तर्फको  प्राविधिक इन्स्पेक्टरको लिखित परीक्षामा उतिर्ण भएकाहरुको विशेष स्वास्थ्य जाँच हुने स्थान सशस्त्र प्रहरी अस्पताल बलम्बु तोकेको जानकारी दिएको छ।

आज एक सूचना जारी गर्दौ सशस्त्र प्रहरीले लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुले २०८१ पुस २४ र २५ बिहान ७ बजे उपस्थित हुन जानकारी गराएको हो।

स्वास्थ्य परीक्षामा सहभागी हुने उम्मेदवारलाई सशस्त्र प्रहरीले सक्कल नागरिकता समेत लिएर आउन जानकारी गराउदै अनिवार्य प्रवेशपत्र साथमा हुनुपर्ने जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्