नेभिगेशन
अदालत

लेखा समिति सभापतिका निलम्बित स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निलम्बित स्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अदालले पक्राउ पुर्जी जारी गरेको छ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो । अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । 

अनिललाई पक्राउ गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।

केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पक्राउ पर्ने पक्का भएपछि बर्खास्त गरेका थिए ।जबकि यो घटना पुरानै भए पनि उनले थमौती गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्