नेभिगेशन
नेपाल प्रहरी

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ

कैलाली। कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

बलात्कारको आरोपमा पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरी रहेका छन् ।

हरिरामले ती किशोरीलाई बलात्कार गरेको गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई  आइतबार साँझ पक्राउ गरेको हो ।

कैलाली प्रहरीले यस सम्बन्धमा हरिरामको जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर जबरजस्ती करणी कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्