नेभिगेशन
अदालत

पदभार ग्रहण स्थलबाटै पक्राउ परेका वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का  वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

कर्तव्य ज्यान मुद्दा गत मंसिर १६ को  स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित भएको ५ दिनमै पक्राउ परेका वडाध्यक्ष साहलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउमे आदेश दिएको हो।

उनीसहित अर्का राज नारायण साहलाई पनि थुनमा पठाउने आदेश दिएको जिल्ला अदालत सप्तरीले जानकारी दिएको हो।

जिल्ला अदालत सप्तरीमा वडाध्यक्ष साहसहित ६  जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको र व्यक्ति बेपत्ता पारेको मुद्दा दर्ता भएपछि प्रहरीले अनुसन्धानका लागि वडाध्यक्ष साहलाई मंसिर २० गते वडाध्यक्षको पदभार ग्रहणका लागि राखिएको समारोहस्थलबाटै पक्राउ गरेको थियो।

साह जसपा नेपालबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्