नेभिगेशन
विपद घटना

चीन केन्द्रबिन्दु बनाएर गएको ७.१ रेक्टरको भूकम्पले हल्लायो काठमाडौं

काठमाडौँ । चीनलाई केन्द्रविन्दु बनाएर गएको ७.१ रेक्टरको भूकम्पले काठमाडौँसहित देश नै हल्लाएको छ।

आज बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्पले  चीन, नेपाल, भारत र बंगलादेश लाई नै हल्लाएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

बिहान गएको भूकम्पले लामो समयसम्म हल्लाएको थियो ।

पछिल्लो समय देशका विभिन्न भागमा केन्द्रविन्दू रहेर भूकम्प गएको भए पनि यो भूकम्प बढी रेक्टर स्केलको भएकाले क्षति पनि बढी नै हुन सक्ने अनुमान गरिएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्