नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

रुपन्देही कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेशले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ६३ वर्षीय झिन्ना थारु (चौधरी) रुपन्देही प्रहरीले २७ वर्षपछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी रुपन्देहीका अनुसार रुपन्देही शुद्धोधन गाउँपालिका-५ मानपकडीका झिन्नालाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

झिन्ना स्थान परिवर्तन गर्दै लुक्दै बसेको सूचना पाएर गएको इलाका प्रहरी कार्यालय छपियाको टोलीले पक्राउ गरेर जिल्ला अदालत बुझाएको जिल्ला प्रहरी रुपन्देहीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्