नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणको सुनसहित एक जना पक्राउ

काठमाडौं । कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका एक जनालाई ठुलो परिमाणको सुनसहित प्रहरीले पक्राउ गरेको छ।

कतारको दोहाबाट एयर इन्डियाको फ्लाइटबाट काठमाडौं अवतरण भएका चितवनको भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय संजय तामाङलाई ५ तोला बढी  सुनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले तामाङले ल्याएको ६१ ग्राम तौल भएको एक ढिक्का सुन र एउटा सुनको औंठी बरामद गरेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीले सोमबार तामाङलाई आगमन गेटबाट नियन्त्रणमा लिएको थियो। सुनसहित पक्राउ परेका उनलाई आबश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्