नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुर मुद्दाकी फरार महिला प्रतिवादी पक्राउ

काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार महिला प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर बाग्मती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ पानीपोखरी बस्ने २८ वर्षीया सन्ध्या गौतम रहेकी छिन् ।

जिल्ला अदालत काठमाडौंको गत वैशाख १७ गतेको फैसलाले उक्त मुद्दामा १ दिन कैद, बिगो बमोजिमको जरिवाना २ लाख ८१ हजार रूपैयाँ र क्षतिपूर्ति ११ हजार २ सय ४० रूपैयाँ तथा जिल्ला अदालत भक्तपुरको गत जेठ ८ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद, बिगो बमोजिमको जरिवाना १ लाख रूपैयाँ र क्षतिपूर्ति ४ हजार रूपैयाँ ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पाटन पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्