नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगर मुद्दाका ५१ वर्षीय फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

कपिलवस्तु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागुऔषध मुद्दाका ५१ वर्षीय फरार प्रतिवादीलाई २५ वर्षपछि  पक्राउ गरेको छ। 

जिल्ला अदालत कपिलवस्तुले २०५६ चैत २८ गते ब्राउन सुगर मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष जेल र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका कपिलवस्तुको विजयनगर गाउँपालिका=१ का ५१ वर्षीय फरार प्रतिवादी कृष्ण बहादुर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कपिलवस्तुले जानकारी दिएको छ।

फरार प्रतिवादी चौधरी लुकिछिपी बसिरहेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनलाई पुस २१ गते कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

कपिलवस्तु प्रहरीले पक्राउ परेका चौधरीलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत कपिलवस्तु उपस्थित गराएर जिल्ला कारागार पठाइएको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्