नेभिगेशन
नेपाल प्रहरी

बलात्कार मुद्दामा झण्डै ८ वर्ष जेल सजाय भएका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ

बाँके । जिल्ला प्रहरी बाँकेले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा खजुरा गाउँपालिका-२ घर भएर हाल नेपालगन्ज-५ बस्दै आएका ४५ वर्षीय राम बहादुर सुनार रहेको बाँके प्रहरीले जानकारी दिएको छ।

सुनारलाई जिल्ला अदालत बाँकेले २०८० पुस १६ गतेको फैसलाबाट बलात्कार मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष १० महिना २४ दिन जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना सुनाएको थियो।

विशेष सूचनाका आधारमा सुनार लुकिछिपी बसेको जानकारी पाएर जिल्ला प्रहरी मातहत फौसला कार्यान्वयनको टोलीले आज उनलाई नेपालगन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

सुनारलााई जेल सजाय भुक्तानका लागि आजै जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्