नेभिगेशन
नेपाल प्रहरी

झण्डै २५ किलो चरेशसहित घोराहीबाट तीन जना पक्राउ

तुलसीपुर प्रहरीले दाङको घोराहीबाट झण्डै २५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी दाङका अनुसार पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका-२ का ३९ बर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका-२ की २१ बर्षीया देउकली बुढा मगर छन् । रोल्पाको त्रिवेणी गाउँपालिका- ७ का २९ बर्षीय प्रकाश घर्ती मगर रहेक छन् ।

प्रहरीले चरेशको अवैद्य ओसार पसार र बिक्रीमा लागेको आशंका गरिएकी रोल्पाकी एक महिलाको खोजी भइरहेको जनाएको छ। घोराही उपमहागरपालिका-१३ सिर्जनशिल टोलस्थित स्थानीय कुलबहादुर बस्नेतको घरको तल्लो फ्लाइटको खान तलासी गर्ने क्रममा २४ केजी ७९० ग्राम चरे बरामद भएको हो ।

त्यहीँ घरमा प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएको प्रहरीले जानकारी दिएको छ। उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठा भित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका बिभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको थियो ।

रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु आपसमा नातासम्बन्ध पर्ने ब्यक्तिहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला  प्रहरी कार्यालय दाङबाट बुधबार बेलुका ७ बजेतिर उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेश बरामद भएको जानकारी दिएको छ  भने पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्