नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई युवतीलाई पक्राउ गरेको छ।

कतारबाट नेपाल एयरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका झापाको कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङलाई सुनसहित पक्राउ गरेको छ। 

विमानस्थल प्रहरीका अनुसार भन्सार छली गरी लुकाई छिपाई ल्याइएको १४९.११ ग्राम सुनसहित उनीहरुलाई आगमन गेटबाट  पक्राउ गरिएको हो ।

प्रहरीले पुष्पाको साथबाट ६७.५१ र फुर्पाबाट ८१.६० ग्राम सुन बरामद गरेको जनाएको छ। विमानस्थल प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्