नेभिगेशन
ट्राफिक प्रहरी

उपत्यका ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायो हराएका ३३ वटा दुई पाङ्ग्रे सवारीसाधन

काठमाडौं।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

विभिन्न मितिमा हराएका सवारीसाधनको खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसएसपी घिमिरेले गत आइतबार उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा सबैभन्दा पहिका हराएका र चोरी भएका सवारीसाधनको खोजतलास गर्न सबै ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्