नेभिगेशन
सशस्त्र प्रहरी

नरैनापुरका २ सय विद्यार्थीलाई सशस्त्र प्रहरीले वितरण गर्‍यो शैक्षिक सामाग्री

नरैनापुर(बाँके)। बाँकेस्थित सशस्त्र प्रहरी बल नं.३० गणले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। 'सीमाबासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बाँकेले २ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

सशस्त्र प्रहरीका अनुसार नरैनापुर गाउँपालिका-४ घोरदौरीयास्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीलाई बिहीबार शैक्षिक सामाग्री वितरण गरिएको थियो।

सशस्त्र प्रहरी बल नं.३० गण बाँके प्रमुख एसपी विमल डाँगीसहित गएको टोलीले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा सशस्त्र प्रहरी अधिकारीहरुसहित गाउँपालिका अध्यक्ष शाह, वडा नम्बर ४ का वडाध्यक्ष मनोज शर्मा, गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समिति लगायत स्थानीय र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्