नेभिगेशन
नेपाल प्रहरी

३ वटा ट्रकसहित १ करोड २३ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद

सर्लाही। सर्लाहीबाट नेपाल प्रहरीले तीन वटा ट्रकमा लोड गरेर गन्तव्य तर्फबाट लैजाँदै गरिएको १ करोड २३ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

सर्लाहीस्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले चेकजाँचका क्रममा विर्तामोडबाट काठमाडौं जाँदै गरेको ना६ख ४८९५ नम्बरको ट्रक , विराटनगरबाट नवलपरासीतर्फ जाँदै गरेको ना७ख १५८४ नम्बरको ट्रक  र विराटनगरबाट रुपन्देही जाँदै गरेको प्र-१-०१-००१ ख ४४४३ नम्बरको ट्रकलाई अवैध सामाग्रीसहित नियन्त्रण लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पुस २२ गते राति चेकजाँचका क्रममा प्रहरीले ट्रकभित्र अवैध रुपले राखिएका मोटरसाइकल पार्टस, रबर, औषधी, सुपारी, लसुन लगायत विभिन्न खुद्रा सामानहरु बरामद गरेको हो।

प्रहरीले बरामद गरेको सबै समानको भ्याट बिल नभएको, अनलाइल बिलमा रकम नखुलेको, बिल-बिजक शंकास्पद देखिएको र प्रज्ञापन पत्र स्पष्ट नरहेकोले हुँदा अवैध सामाग्रीसहित तीन वटै  ट्रकहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय जनाएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएका सामाग्री र ट्रकको मुल्य १ करोड ३७ लाख ११ हजार ६२९ रुपैयाँ रहेको छ । प्रहरीले बरामद गरेको सबै सामाग्री र ट्रकलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्