नेभिगेशन
ट्राफिक प्रहरी

हुम्लामा पछिल्लो ८ वर्षयताको दुर्घटनामा २४ जनाको मृत्यु

२७ जना गम्भीर घाइते

सुर्खेत कर्णाली प्रदेशकै सबैभन्दा विकट जिल्ला हुम्लामा दुर्घटनाका कारण २४ जनाको मृत्यु भएको छ। पछिल्लो ८ वर्षमा हुम्लामा २४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको हुम्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यस ८ वर्षमा भएको १५ दुर्घटनामा २७ जना गम्भीर घाइते हुँदा २४ जनाको मृत्यु भएको हो। जसअन्तर्गत मृत्यु हुनेमा ३ जना बालबालिका, ५ महिला र १५ जना पुरुष हुन् ।

जिल्ला ट्राफिक प्रहरी हुम्लाका अनुसार यो विवरण आर्थिक ०७४-०७५ देखि हालसम्मको हो। ०७४-०७५ मा हुम्लामा भएको एउटा दुर्घटनामा १ जना पुरुषको मृत्यु हुँदा ०७५-०७६ मा एउटा ट्याक्टर दुर्घटनामा अर्का एक पुरुषको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी, ०७६-०७७ मा भएको सवारी दुर्घटनामा १ महिला र ५ जना पुरुषको मृत्यु भएको थियो भने ०७७-०७८ को दुर्घटनामा २ महिला र ३ पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले हुम्लाले जनाएको छ।

आर्थिक वर्ष ०७८-०७९ मा दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको थियो भने ०७९-०८० १ जना पुरुषको मृत्यु हुँदा ०८१-०८१ मा २ जना गम्भीर घाइते हुँदा  एक जना पुरुषको मृत्यु भएको हो। 

त्यसै ट्राफिक प्रहरीले ०८१-०८२ मा १ महिला, २ बालक र ३ जना पुरुषको मृत्यु भएको जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्