नेभिगेशन
नेपाल प्रहरी

जेल सजाय पाएर फरार भएका दुई प्रतिवादी नियन्त्रणमा

परासी जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले झण्डै १ वर्ष कैद भएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

११ महिना १० दिन कैद र ५२ सय रुपैयाँ जरिवाना पाएर लामो  समयदेखि फरार रहेका दुईजनालाई लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी नवलपरासी र इलाका प्रहरी कार्यालय सोमरीको टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत नवलपरासी पश्चिमले विभिन्न मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैआ गरेयता फरार रहेका उनीहरुलाई पक्राउ गरेर कैद भुक्तानका लागि शुक्रबार नै अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्