नेभिगेशन
सुरक्षा अपडेट

शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो,शिक्षिका फरार

परासी। युकेजीमा अध्ययनरत विद्यार्थीलाई शिक्षिकाले कुट्दा आँखा फुटेको छ। 

नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका-१ प्रतापुरको एच पाठशालाकी शिक्षिका प्लाष्टिकको लठ्ठीले कुट्दा युकेजीमा पढ्ने बालक प्रशान्त चौधरीको देब्रे आँखा फुटेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी नवलपरासी पश्चिमका अनुसार घटना मंसिर  १८ गते हो। उक्त स्कुलकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हिर्काउदा ६ वर्षीय बालकको देब्रे आँखा फुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा ढिला गरि पुस १९ गते परेको उजुरीका कारण घटना पछि सार्वजनिक भएको थियो। जिल्ला अदालत परासीले शिक्षिका सन्जुविरुद्ध पक्राउ पुर्जी जारी सकेको अवस्थामा उनी फरार रहेको प्रहरए जानकारी दिएको छ।

नवलपरासी पश्चिम प्रहरीले ती शिक्षिका सन्जुको खोजतलास जारी राखेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्