नेभिगेशन
नेपाल प्रहरी

ठुलो परिमाणको अफिम, चरेस र गाँजासहित दुई भारतीयसहित ३ जना पक्राउ

हेटौंडा प्रहरीले एकैपटक ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई मकवानपुरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकैपटक ३ किलो ४७० ग्राम अफिम, २१ किलो ४६० ग्राम चरेस र १ क्विन्टल १ किलो गाँजा बरामद गर्दै दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ  गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठुलो मात्रामा लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचना पाएर गएको टोलीले जिल्लाको थाहा नगरपालिका-११ टिस्टुङ नौ खण्डेमा गरेको छड्के चेकिङमा शनिबार राति  २ बजे डिएल ८ सिएक्स १२२४ नम्बरको कारबाट २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिम बरामद गरेको हो।

प्रहरीले चरेस बरामद गर्दै गाडीमा सवार भारतको  हरियाणा प्रदेशस्थित हिसार जिल्लाको गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सोही जिल्लाको सुवासनगरका २० वर्षीय मानिस कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

त्यसैगरी आज बिहान साढे ५ बजे हेटौंडा-११ रातामाटे चेकप्वाइन्टबाट मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेट भएको डिएल १३ सी १५६१ कारलाई रोकेर चेकजाँच गर्दा १०१ किलो गाँजा बरामद गरेको छ। गाँजा भेटिएपछि  प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका-२६ अठराह सुगौलीका २० वर्षीय कार चालक राजन रारूत कुर्मीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनासँग थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्